राजेश हमालका सम्बन्धमा दीपाश्रीको अभिव्यक्तिपछिको घटनामा मनमा लागेका गन्थन

महानायक भनेको कुनै पनि निजामति कर्मचारी ‘नायब सुब्बा’बाट ‘अधिकृत’मा बढुवा हुनुजस्तो बढुवा भएर पाउने पद पक्कै पनि होइन होला 

RaJ_Dipa

नेपाली चलचित्र क्षेत्र समय समयमा सञ्चारमाध्यममा छाउने गर्दछ । फलस्वरुप, पछिल्ला केही दिनयता रेडियो र टेलिभिजन क्षेत्रमा लामो समयदेखि आप्mनो प्रभाव जमाउन सफल दीपाश्री निरौला यस समय विवादमा परेको समाचार पढ्न पाइरहिएको छ । प्रसंग राजेश हमाल ‘महानायक’ हुन् कि होइनन् भन्नेमा हो रहेछ । 

टेलिभिजनमा प्रस्तुत गरेको कलाकारिताबाट कमाएको पैसा हुँदै २÷४ वटा नाम लिन लायक चलचित्रबाट आफूलाई निर्माता÷निर्देशकको पंक्तिमा उभ्याउने दीपाश्रीलाई राजेश हमालले थामेको चलचित्र उद्योगलाई अध्ययन गर्ने अवसर मिलोस् ।

शायद राजेश हमालले आफूलाई ‘महानायक’ भनेर आफैंले भनेका होइनन् होला र न त कुनै सरकारी निकायले उनलाई उक्त पद्वी नै दिएको होला ? तर पनि देश राजनीतिक अस्थिरतामा रहेको समयमा करिब तीन दशकसम्म चलचित्र क्षेत्रमा एक्लो अभिनेता भएर खडा हुनु उनको महानता होइन ? उनी किन चले ? किन निर्माताहरुले उनीमाथि पैसा खन्याए ? किन नेपाली दर्शक उनको चलचित्र हेर्नका लागि चलचित्र हलसम्म पुगे ? महानायक भनेको कुनै पनि निजामति कर्मचारी ‘नायब सुब्बा’बाट ‘अधिकृत’मा बढुवा हुनुजस्तो बढुवा भएर पाउने पद पक्कै पनि होइन होला ।

उनले चाहेर पनि वा नचाहेर, दर्शकहरुले उनी अभिनित चलचित्रका दर्शक बनेर हलसम्म जानु हमालको ‘नायकत्व’को प्रभाव अवश्य पनि हो । आम जनता, धेरै जनताले त्यसरी राजेश हमाल भएकै कारण हलसम्म पुगेर चलचित्र हेर्नका लागि टिकट काट्नु, हेर्नु उनी ‘महानायक’ भएको प्रमाण होइन र ?

दीपाश्री दिदीलाई के अनुरोध गर्दछु भने, एकछिन आँखा चिम्म गरेर नेपाली चलचित्रका नायकहरु सम्झनुहोस्, अनि भन्नुहोस् नेपाली चलचित्रका ‘महानायक’ को हुन् ? जो राजेश हमाललाई पछाडि पारेर आप्mनो नामको अगाडि ‘महानायक’ जोड्न लायक छ ।

नेपालमा भएकै व्यक्तिहरुबाट नै उपयुक्त व्यक्ति छान्नु उपयुक्त हुन्छ । विदेशका कुनै पनि कलाकारसँग तुलना गरेर उसले यस्तो ग¥यो, राजेशले किन गरेन ? उसले उस्तो ग¥यो किन राजेशले गरेन ?, भनेर त्यसकारण हमाल महानायक होइनन् भन्ने अभिव्यक्ति कत्तिको उपयुक्त हो ?

एकपटक सोचनीय विषय हुनपुग्छ । हामीले पक्कै पनि हामीहरुसँगै उपलब्धबाट विशिष्ट र उत्कृष्ट छान्ने प्रयास गर्नु राम्रो होला, जो आप्mनो वश वा सर्कलबाहिरको मानिससँग तुलना गरेर कोही पनि व्यक्तिलाई त्यसरी भन्नु उपयुक्त हुँदैन ।

अब प्रसंग रह्यो, महानायक राजेश हमालको । हो, उनी महानायक हुन् वा होइनन् ? त्यो कुरा फरक कुरा हो । तर दीपाश्रीलाई अहिलेको अवस्थामा आप्mना दर्शक र समर्थकहरुले गरेको अभिव्यक्तिमा हमालले सम्बोधन गर्ने प्रयास गर्नुपर्दथ्यो । जो आपूmले जीवन बिताएको क्षेत्रकै लागि टेवा दिने उद्देश्यले आईरहेकी चलचित्रकर्मीको बचाउका लागि कमसेकम १÷२ शब्द भनिदिएमा पक्कै पनि राजेश हमाललाई अहिलेसम्म जनताले दिएको ‘महानायक’को पद्वी घट्ने थिएन, बरु उनीप्रतिको सम्मान अझै बढ्ने थियो ।

दीपाश्रीले पछिल्लो समयका प्रतिक्रिया र भोगाई सञ्चारमाध्यममै आए जस्ता भएको भए आप्mनो पछिल्लो पुस्तालाई राजेशले संरक्षण एवं सम्बद्र्धन गर्दा रहेछन् भन्दै उनीप्रति जनताको ‘महानायकत्व’ अझै प्रगाढ बन्ने देखिन्थ्यो ।
समग्रमा दीपाश्रीको उक्त अभिव्यक्तिलाई लिएर उनकै चलचित्र क्षेत्र विभक्त हुन लागेको यस परिवेशलाई केबल राजेश र दीपाश्रीले नै समाधानको उपाय दिन सकिने देखिन्छ ।

राजेशले दीपाश्रीको अभिव्यक्तिलाई सम्बोधन गर्नु र दीपाश्रीले आम जनताले मानेको ‘महानायक’ पद्वीका लागि उपयुक्त देखेको राजेश हमालको विकल्पमा अर्को ‘महानायक’ लाई बाहिर ल्याउनु वा आप्mनो अभिव्यक्तिलाई पुनः परिभाषित गर्दै कोरोना संक्रमणको बेला विदेशी नायकले जस्तै राजेश हमालले पनि गर्नुपर्दथ्यो भनेर आप्mनो चलचित्र प्रदर्शनका बेला आमजनतालाई भगवान्रुपी दर्शक भनेर पूज्ने गरेको बेला एकपटक भनिदिँदैमा के हुन्थ्यो होला र ?

 

Comments

Top