अनुपम खेरकी आमासहित दाइ भाउजु समेतमा कोरोना संक्रमण

Anupamkher

मुम्बई । बलिउड अभिनेता अनुपम खेरको परिवारमा कोरोना संक्रमण देखिएको छ । खेरले आइतबार ट्विट गर्दै आफ्नी आमासहित परिवारका सदस्यमा कोरोना संक्रमण देखिएको जनाएका छन । दाई भाउजुसँगै बस्दै आएकी उनकी आमाले अस्वस्थ्य महसुस गरिएपछि कोरोना परिक्षण गरिएको जनाइएको थियो ।
खेरले एक भिडियो सेयर गर्दै उनले आफूमा कोरोना नेगेटिभ देखिएको तर आमा दुलारी, दाइ राजु, भाउजु रिमा र छोरी वृन्दामा कोरोना पोजेटिभ भएको बताएका छन् ।

साथै उनले सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सामान्य लक्षणमात्रै देखिएको पनि बताएका छन् । अनुपमकी आमा मुम्बाईस्थित कोकिलाबेन अस्पतालमा भर्ना भएका छन् भने बाँकी सदस्य भने घरमै सेल्फ–क्वारेन्टिनमा रहेको पनि उनले बताए ।
शनिबार राती बलिउड महानायक अमिताभ बच्चन र नायक अभिषेक बच्चननमा कोरोना पोजेटिभ देखिएको थियो ।

 

Comments

Top