बलिउड अभिनेत्री रेखाको निवासमा सिल

Rekha_1

मुम्बई । अभिनेत्री रेखाको बान्द्रास्थित निवासलाई सिल गरिएको छ । रेखाको घरमा काम गर्ने एक सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि उनको घरलाई सिल गर्ने निर्णय गरिएको जनाइएको छ ।

भारतमा पछिल्लो दिनमा कोरोना संक्रमितको संख्या बढ्दै जाने क्रममा बलिउड नायक नायिकाहरुलाई पनि कोरोना संक्रमण देखिएको छ ।

यसअघि भारतीय बलिउड महानायक अमिताभ बच्चन र नायक अभिषेक बच्चनलाई पनि कोरोना पनि संक्रमण देखिएको थियो ।

त्यस्तै बलिउड अभिनेता अनुपम खेरको परिवारमा कोरोना संक्रमण देखिएको छ । खेरले आइतबार ट्विट गर्दै आफ्नी आमासहित परिवारका सदस्यमा कोरोना संक्रमण देखिएको जनाएका छन । दाई भाउजुसँगै बस्दै आएकी उनकी आमाले अस्वस्थ्य महसुस गरिएपछि कोरोना परिक्षण गरिएको जनाइएको थियो ।

Comments

Top