बच्चन बुहारी ऐश्वर्या र नातिनी आरध्यालाई पनि कोरोना संक्रमण, अमिताभलाई श्वासप्रश्वासमा समस्या

aas

 

मुम्बइ । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्या बच्चनलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। यसअघि बलिउड महानायक अमिताभ बच्चन र नायक अभिषेक बच्चनलाई पनि संक्रमण देखिइसकेको छ । यसअघि पहिलो पटक गरिएको परिक्षणमा ऐश्वर्यामा कोरोना नेगेटिभ देखिएको थियो ।

भारतमा कोरोना संक्रमण तीब्रगतिमा फैलिएसँगै बलिउडका चलचित्रकर्मीहरुमा कोरोना संक्रमण देखिन थालेको छ । महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश तोपेले आमाछोरीलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्। अमिताभकी धर्मपत्नी एवं अभिनेत्री जया बच्चनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको पनि उनले जानकारी दिएका छन्।

कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्य स्थिर भए पनि श्वासप्रश्वासमा सामान्य समस्या देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अमिताभ र अभिषेक दुवैलाई कोरोना संक्रमण भएपछि शनिबार उनीहरू मुम्बईको नानावती अस्पताल भर्ना भएका छन् । 

त्यससँगै बलिउड अभिनेता अनुपम खेरका आमा, दाजुभाउजुलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै अभिनेत्री रेखाको घरमा काम पर्ने सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण देखिएपछि उनको घर पनि सिल गरिएको छ ।

Comments

Top