अमिताभ र अभिषेक आमनेसामनेको क्याबिनमा, ऐश्वर्या र आरध्या भने घरमै उपचार गराउँदै

Ami_Avi

मुम्बई । कोरोना संक्रमण देखिएपछि भारतीय अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चन एउटै अस्पतालको एउटै तलामा नजिक नजिक भर्ना गरिएको छ ।

शनिबार राती दुवैमा कोरोना संक्रमण पोजेटिभ रिपोर्ट आएपछि नानावटी अस्पतालमा भर्ना गरिएका उनीहरुलाई स्पेशल वार्डमा राखिएको छ । अहिले उनीहरुलाई डाक्टरले प्रत्येक घन्टा परिक्षण गर्दै निगरानीमा राख्दै आएका छन् । त्यस्तै पिता अमिताभको रेखदेख अभिषेकले पनि गरिरहेको जनाइएको छ ।

उनीहरुले अहिले मोबाइलबाट निरन्तर घर परिवारसँग सम्पर्कमा रहेको जनाइएको छ । अभिषेक बच्चनलाई सामान्य लक्षणमात्र देखिएको जनाइए पनि अमिताभलाई भने सासप्रश्वासमा अलि असहज महसुस जस्तो देखिएको जनाइएको छ ।

त्यससँगै बच्चन परिवारकी बुहारी एवं भारतीय नायिका ऐश्वर्या राय बच्चन र नातिनी आरध्या बच्चनलाई पनि कोरोना पुष्टी भए पनि उनीहरु घरमै आईसोलेशनमा बसेका छन् । बच्चन परिवारमा अमिताभ पत्नी एवं अभिनेत्री जया बच्चनको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

बच्चनपरिवारलाई कोरोना संक्रमणदेखिए पछि उनका घरका सदस्य र कामदारहरुसमेत गरि ५४ जना सम्पर्कमा रहेका मध्ये २८ जनाको कोरोना परिक्षण गरिएपनि अहिलेसम्म रिपोर्ट भने नआईसकेको जनाइएको छ ।

aa

Comments

Top