छिमेकीको नियतिः बच्चनपरिवारसहित पछिल्लो २४ घन्टामा २९ हजार बढीमा कोरोना पुष्टी

ind

काठमाडौं । पछिल्ला दिनमा तीब्र गतिमा कोरोना संक्रमित देखिएको भारतमा करिब ८ लाख ८० हजार संक्रमित पुगेका छन् ।

पछिल्लो २४ घन्टामा भारतमा २९ हजार १ सय ८ जना संक्रमित देखिएसँगै हालसम्म भारतमा ८ लाख ७९ हजार ४ सय ४६ जना संक्रमित देखिएका छन् । त्यस्तै पछिल्लो २४ घन्टामा ५०० जनाको मृत्यु भएपछि भारतमा हालसम्म मृत्यु हुनेको संख्या २३ हजार १ सय ८७ पुगेको छ ।

विश्वमै संक्रमितको सूचीमा तेस्रो स्थानमा रहेको भारतमा पछिल्ला दिनमा अत्याधिक रुपमा संक्रमितको संख्या बढ्न थालेको छ ।

हालसम्म अमेरिकामा सबैभन्दा धेरै संक्रमित र मृतक पुगेका छन् । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा हालसम्म ३४ लाख १४ हजार ९ सय ९५ जना संक्रमित पुगेका छन् भने १ लाख ३७ हजार ७ सय ८२ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै अमेरिकापछि ब्राजिलमा भने हालसम्म १८ लाख ७६ हजार १ सय ६६ संक्रमित पुगेका छन् भने ७२ हजार १ सय ५१ जनाको मृत्यु भइसकेको छ ।

हालसम्म विश्वभर १ करोड ३० लाख २८ हजार १ सय ८८ संक्रमित देखिएका छन् भने ५ लाख ७१ हजार ८० जनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये ७५ लाख ७५ हजार ५ सय २३ जना उपचार पछि निको भएका छन् ।

Comments

Top