एकैदिन १७०५ जना डिस्चार्ज, देशभर १४४ जना संक्रमित थपिए

J_1

 

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै संक्रमित डिस्चार्ज भएका छन् । पछिल्लो २४ घन्टामा १ हजार ७ सय ५ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा १४४ संक्रमित थपिएसँगै हालसम्म संक्रमण हुनेको संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १७०५ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १० हजार २ सय ९४ पुगेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३८ जनाको मृत्यु भएको छ ।

Comments

Top