उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण

Corona_Test

 

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौं उपत्यकाका थप ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍। जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार संक्रमितहरु काठमाडौं तीन, ललितपुर पाँच र भक्तपुरका एक जना रहेका छन्। यससँगै उपत्यकामा संक्रमितको संख्या ३ सय ५६ पुगेको छ ।

त्यस्तै नेपालमा १४४ संक्रमित थपिएसँगै हालसम्म संक्रमण हुनेको संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १७०५ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १० हजार २ सय ९४ पुगेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३८ जनाको मृत्यु भएको छ ।

 

Comments

Top