भारतमा कोरोना संक्रमित संख्या ९ लाख नाघ्यो

ind

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या नौ लाख नाघेको छ ।

पछिल्लो तथ्यांकअनुसार भारतमा हालसम्म ९ लाख ४ हजार २ सय २५ जना संक्रमित पुगेका हुन् । पछिल्ला दिनमा तीब्र गतिमा संक्रमितको संख्या बढ्दै गएको भारतमा हालसम्म संक्रमितको सूचीमा तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै हालसम्म भारतमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या २३ हजार ७ सय ११ पुगेकोछ ।

हालसम्म विश्वमा १ करोड ३१ लाख २३ हजार ६ सय ९२ संक्रमित पुगेका छन् भने ५ लाख ७३ हजार ९२ जनाको मृत्यु भइसकेको छ ।

Comments

Top