२४ घन्टामा कोरोनाः अमेरिका पछि भारतमा सर्वाधिक संक्रमित

ind_Us

काठमाडौं । पछिल्लो २४ घन्टामा संक्रमित हुनेको संख्या अमेरिका पछि भारतमा सबैभन्दा धेरै पुगेको छ । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा ६५ हजार ४ सय ८८ थपिँदा भारतमा भने २८ हजार १ सय ७९ जना नयाँ संक्रमित थपिएका छन् ।

यससँगै अमेरिकामा संक्रमित हुनेको संख्या ३४ लाख ७९ हजार ४ सय ८३ पुगेको छ भने भारतमा ९ लाख ७ हजार ६ सय ४५ पुगेको छ ।

त्यस्तै विश्वमै दोस्रो स्थानमा रहेको ब्राजिलमा भने गत २४ घन्टामा तुलनात्मक रुपमा भारतमा भन्दा कम नयाँ संक्रमित देखिएका छन् । ब्राजिलमा पछिल्लो २४ घन्टामा २१ हजार ७ सय ८३ संक्रमित देखिएसँगै हालसम्म १८ लाख ८७ हजार ९ सय ५९ जना संक्रमित देखिएका छन् ।

हालसम्म विश्वमा १ करोड ३२ लाख २९ हजार ६ सय ९५ जना संक्रमित देखिएका छन् भने ५ लाख ७४ हजार ९ सय ८१ जनाको मृत्यु भइसकेको छ ।

मृत्यु हुनेमा अमेरिकामा सबैभन्दा धेरै १ लाख ३८ हजार २ सय ४७ छन् भने ब्राजिलमा ७२ हजार ९ सय २१ र भारतमा २३ हजार ७ सय २७ रहेका छन् ।

 

Comments

Top