विश्वभर ५ लाख ८० हजार भन्दा बढीको मृत्यु

world-corona

काठमाडौं । विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख ८० हजार नाघेको छ ।

पछिल्लो २४ घन्टामा २ लाख १६ हजार भन्दा बढी नयाँ संक्रमित देखिएसँगै हालसम्म विश्वभर संक्रमितको संख्या १ करोड ३४ लाख ४७ हजार ३ सय ५४ जना पुगेको छ ।

पछिल्लो तथ्यांकअनुसार हालसम्म विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ लाख ८० हजार २ सय ७६ पुगेको छ ।

हालसम्म विश्वमा सबैभन्दा संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा पुगेको छ ।

अमेरिकामा हालसम्म ३४ लाख ४५ हजार ४२ जना संक्रमित पुगेका छन् भने मृतकको संख्या १ लाख ३९ हजार १ सय ३७ पुगेको छ ।

त्यस्तै ब्राजिलमा हालसम्म १९ लाख ३१ हजार २ सय ४ संक्रमित पुगेको छ भने ७४ हजार २ सय ६२ जनाको मृत्यु भएको छ ।

Comments

Top