डिआइजी कार्की र शाही एआइजी बढुवामा सिफारिस

AIG

काठमाडौँ । गृह मन्त्रालयले २ प्रहरी नायब महानिरिक्षक (डिआइजी) प्रधुम्न कार्की र निरज शाहीलाई प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) बढुवामा सिफारिस गरेको छ ।

गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले दुई डिआइजीलाई एआइजीमा बढुवा सिफारिस गरेको हो ।

सेवा अवधी समाप्त भएको कारण एआइजी तारिणी प्रसाद लम्साल पनि अवकाश प्राप्त गरेपछि एआइजीको दुई पद रिक्त अवस्थामा रहेका थिए ।

नेपाल प्रहरीको नयाँ आइजिपीका रुपमा शैलेश थापा क्षेत्री नियुक्त भएपछि २ एआइजीको पद रिक्त अवस्थामा रहेको थियो ।

 

Comments

Top