अस्पतालको शैयाबाट अमिताभको ट्वीट, आगामी साता डिस्चार्ज हुने !

Amitav_1

 

मुम्बई । कोरोना संक्रमणका कारण अस्पतालमा भर्ना भएका बलिउड अभिनेता अमिताभ बच्चनले शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् । अघिल्लो शनिबार कोरोना पुष्टी भएपछि नानावती अस्पतालमा भर्ना भएका अमिताभ बच्चन बाबुछोराको स्वास्थ्यमा सुधार आइरहेको जनाइएको छ ।

उपचारका क्रममा अस्पतालमा रहेका उनीहरुको स्वास्थ्य लाभको कामना गर्दै भारत लगायत उनका दर्शकहरुले विभिन्न पूजा आजा गरेको कुरा सञ्चारमाध्यममा आइरहेका छन् । अस्पतालमा रहेर स्वास्थ्यलाभको कामना गर्दै गरेका बेला सामाजिक सञ्जालमार्फत् अपडेट रहेका अमिताभले समग्र आफ्ना फ्यानप्रति आभार व्यक्त गरेका छन् ।

उनले अस्पतालमै रहेको अवस्थामा उनले आफ्नो ट्वीटरमा आफ्नो र छोरा अभिषेक बच्चनको फोटो सार्वजनिक गरेका छन् । उनले उक्त ट्वीटमा अमिताभले खुसीमा, बिमारीमा, तपाई हाम्रो खुब मायालु रहेको बताउँदै हाम्रो शुभचिन्तक, फ्यानप्रति अगाध प्रेम दर्शाएका छन् ।

स्मरण रहोस्, संक्रमण देखिएपछि अस्पताल भर्ना भएका अमिताभको श्वासप्रश्वासमा थोरै समस्या देखिएको थियो तर पछि विस्तारै सुधार हुँदै आएको अस्पतालले जनाएको छ भने अभिषेक बच्चनको अवस्था भने सामान्य रहेको जनाइएको छ ।

Ami_2

 

अस्पतालले अभिताभ बच्चनको स्वास्थ्यमा पूर्ण सुधार एवं निको भइसकेपछि आगामी साता डिस्चार्ज हुन सक्ने सम्भावना रहेको अस्पताल स्रोतले जनाएको पनि बताइएको छ ।

भारतमा पछिल्लो समय कोरोना संक्रमित बढेसँगै बलिउडका विभिन्न कलाकारहरुमा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।

बच्चनपरिवारमै बुहारी एवं नायीका ऐश्वर्या राय बच्चन र नातिनी आरध्य बच्चनलाई पनि कोरोना संक्रमण देखिएको छ । उनीहरु भने घरमै आईसोलेशनमा बस्दै उपचार गराइरहेको जनाइएको छ ।

 

Comments

Top