ऐश्वर्या र आरध्यालाई स्वासप्रश्वासमा समस्या, दुवै नानावती अस्पताल भर्ना

aaasssss

 

मुम्बई । कोरोना पोजेटिभ भएको ५ दिनपछि भारतीय सुन्दरी नायिका ऐश्वर्या राय बच्चनलाई छोरी आरध्यासहित अस्पताल भर्ना गरिएको छ । 

उनीहरुलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको जनाइएको छ । उनीहरुलाई ५ दिन अघि संक्रमण पुष्टी भएको थियो ।

संक्रमण पुष्टी भएपछि घरमै आईसोलेसनमा बस्दै आएका उनीहरुलाई शुक्रबार साँझ नानावती अस्पतालमै भर्ना गरिएको छ ।

उक्त अस्पतालमा भारतीय अभिनेता अमिताभ बच्चन र ऐश्वर्या पति अभिषेक बच्चन उपचाररत रहेका छन् । उनीहरुलाई पनि शनिबार नै कोरोना पुष्टी भएको थियो ।

Comments

Top