विश्वमा कोरोना कै कारण ज्यान गुमाउनेको संख्या ६ लाख नजिक

world-corona

काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारीका कारण संक्रमितको संख्या १ करोड ४१ लाख भन्दा बढी पुगेको छ ।

पछिल्लो तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा २ लाख ३६ हजार ९ सय ९६ जना नयाँ संक्रमित थपिएसँगै हालसम्म विश्वमा संक्रमितको संख्या १ करोड ४१ लाख ७६ हजार ३ सय ४४ पुगेको जनाइएको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा ५ हजार ४ सय ६८ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । यससँगै हालसम्म विश्वभर कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ५ लाख ९८ हजार ४ सय ५० पुगेको छ ।

हालसम्म सबैभन्दा धेरै संक्रमित र ज्यान गुमाउने अमेरिकामा रहेका छन् भने त्यसपछि ब्राजिल, भारत, रसिया, पेरु, दक्षिण अफ्रिका, चिली, मेक्सीको, स्पेन, बेलायत क्रमशः रहेका छन् ।

Comments

Top