विश्वमा कोरोनाः संक्रमितको सूचीमा उद्गमस्थल चीन २५ औं स्थानमा, यी हुन् विश्वका टप २५ संक्रमित मुलुक

WM

 

काठमाडौं । विश्वभर करिब ६ लाख मानिसको ज्यान लिइसकेको कोरोना भाइरसको उद्गमस्थल चीन संक्रमित संख्यामा विश्वको २५ औं स्थानमा पुगेको छ ।

चीनबाटै सुरु भएको भाइरस अहिले विश्वभर फैलिरहेको छ । अहिलेसम्मको स्थिति हेर्दा विश्वका कैयौं अन्य मुलुक भन्दा चीनमा नै तुलनात्मक रुपमा कम प्रभाव परेको देखिएको छ ।

हालसम्म सबैभन्दा धेरै संक्रमित र मृतकको संख्या अमेरिका र ब्राजिलमा क्रमशः पहिलो र दोस्रो रुपमा रहेको छ । अमेरिकामा हालसम्म ३७ लाख ६६ हजार ६ सय ६ जना संक्रमित भएका छन् भने १ लाख ४१ हजार ९ सय ७७ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै ब्राजिलमा हालसम्म २० लाख ४८ हजार ६ सय ९७ जना संक्रमित छन् भने ७७ हजार ९ सय ३२ जनाको मृत्यु भइसकेको छ ।

त्यसपछि तेस्रो स्थानमा नेपालको अर्को छिमेकी मुलुक भारत पुगेको छ । भारतमा संक्रमितको संख्या १० लाख ४० हजार ४ सय ५७ पुगेको छ भने मृतकको संख्या २६ हजार २ सय ८५ पुगेको छ । पछिल्ला दिनमा भारतमा अत्याधिक रुपमा संक्रमितको संख्या थपिएको छ ।

त्यस्तै भारतपछि क्रमशः रसिया, पेरु, साउथ अफ्रिका, चिली, मेक्सिको, स्पेन, बेलायत, इरान, पाकिस्तान, साउदी अरब, इटाली, टर्की, जर्मन, बंगलादेश, कोलम्बिया, फ्रान्स, अर्जेन्टिना, क्यानडा, कतार, इराक, इजिप्ट र चीन चौथो देखि २५ औं स्थानमा रहेका छन् ।

सार्क सदस्य राष्ट्र बंगलादेशमा पनि संक्रमितको संख्या २ लाख नजिक पुगेको छ । १ लाख भन्दा बढी संक्रमित हुने देशहरुमा २२ वटा देश रहेका छन् ।

चीनमा हालसम्म ८३ हजार ६ सय २२ संक्रमित छन् भने ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्यामा पनि चीन विश्वको २३ औं स्थानमा रहेको छ ।

Comments

Top