ऐश्वर्याको खोकी निको, अमिताभ र अभिषेक १/२ दिनमै डिस्चार्ज हुने

A4

 

नयाँदिल्ली । कोरोना पोजेटिभ भएपछि अस्पतालमा भर्ना भएका भारतीय महानयक अमिताभ बच्चन, अभिषेक बच्चन र नायिका ऐश्वर्या राय बच्चनको स्वास्थ्यमा सुधार आएको छ । अघिल्लो शनिबार कोरोना पुष्टी भएपछि अमिताभ बच्चन र अभिषेक बच्चन अस्पताल भर्ना भएका थिए ।

त्यसको भोलिपल्ट गत आइतबार कोरोना पुष्टी भएकी बच्चन बुहारी ऐश्वर्या राय र नातिनी आरध्या एक सातासम्म घरमै आईसोलेसनमा बसेका थिए । तर, शुक्रबार खोकी लागेपछि ऐश्वर्यालाई अस्पताल भर्ना गरिएको थियो । उनी अस्पताल भर्ना भएपछि शनिबार साँझदेखि उनको खोकी निको भइसकेको अस्पताल स्रोतले जनाएको छ ।

अहिले अमिताभ र अभिषेक छुट्टै वार्डमा उपचार गराइरहेका छन् भने ऐश्वर्या र आरध्या छुट्टै इकाइमा सारिएको छ । अस्पताल स्रोतका अनुसार अमिताभ र अभिषेक बच्चन एक÷दुई दिनमै डिस्चार्ज हुने सम्भावना रहेको छ भने, ऐश्वर्या र उनकी छोरी अझै केही दिन अस्पताल बस्नुपर्ने जनाइएको छ ।

कोरोनाको संक्रमण पुष्टी भए पछि अस्पताल भर्ना भएका अमिताभ बच्चन अस्पतालबाटै सामाजिक सञ्जालमा नियमित अपडेट भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित