बंगलादेशमा संक्रमित संख्या २ लाख नाघ्यो, सार्क सदस्य राष्ट्रमा भारत, पाकिस्तानपछि तेस्रो स्थानमा

Bangladesh

 

काठमाडौं । नेपालको छिमेकी एवं सार्क सदस्य राष्ट्र बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ ।

पछिल्लो २४ घन्टामा २ हजार ७ सय ९ जना थपिएसँगै बंगलादेशमा संक्रमित हुनेको संख्या २ लाख २ हजार ६६ जना पुगेको छ ।

बंगलादेशमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ५ सय ६१ पुगेको छ ।

सार्क सदस्य राष्ट्रहरुमध्ये भारतमा सबैभन्दा धेरै मानिस संक्रमित भएका छन् । भारतमा हालसम्म १० लाख ७७ हजार ८ सय ६४ संक्रमित पुगेका छन् भने २६ हजार ८ सय २८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै पाकिस्तानमा हालसम्म २ लाख ६१ हजार ९ सय १६ संक्रमित र ५ हजार ५ सय २२ जनाको मृत्यु भइसकेको छ ।

हालसम्म विश्वभरमा १ करोड ४४ लाख १४ हजार ४ सय ५१ जना संक्रमित पुगेका छन् भने ६ लाख ४ हजार२ सय ४० जनाको मृत्यु भइसकेको र ८६ लाख ६ हजार ६ सय ११ जना उपचारपछि निको भएका छन् ।

Comments

Top