उपत्यकामा थप ३ मा कोरोना संक्रमण, सप्तरीमा एकैदिन ३२ संक्रमित थपिए

Corona_Test

काठमाडौं । उपत्यकामा थप ३ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंका १ जना र ललितपुरका २ जना गरी उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

त्यसैगरी नेपालभर पछिल्लो २४ घन्टामा थप १ सय ५६ जनामा कोरोना पुष्टी भएको छ । यससँगै देशभर हालसम्म संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ ।

पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै सप्तरी जिल्लामा ३२ जनामा कोरोना पुष्टी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित