विश्वमा कोरोनाः १ करोड ४८ लाख बढी संक्रमित, ६ लाख १२ हजारको मृत्यु

world-corona

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ४८ लाख र मृतकको संख्या ६ लाख १२ हजार नाघेको छ ।

पछिल्लो २४ घन्टामा नयाँ २ लाख ४ हजार १७ जना संक्रमित थपिएसँगै हालसम्म विश्वमा १ करोड ४८ लाख ४४ हजार ३ सय ५३ जना कोरोनाका संक्रमित देखिएका छन् ।

त्यस्तै ३ हजार ९ सय ९९ जना मृतक थपिएसँगै हालसम्म विश्वमा ६ लाख १२ हजार ५ सय ८५ जनाको मृत्इु भइसकेको छ ।

हालसम्म विश्वमा सबैभन्दा धेरै संक्रमित र मृतक अमेरिकामा रहेका छन् । पछिल्ला दिनमा अमेरिकामा संक्रमितको संख्या बढ्दो क्रममै रहेको छ । पछिल्लो २४ घन्टामा ६२ हजार ३३ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म अमेरिकामा ३९ लाख ६ हजार ५ सय ८३ संक्रमित छन् भने १ लाख ४३ हजार ७ सय ९२ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै अमेरिकापछि ब्राजिलमा संक्रमितको संख्या २१ लाख २१ हजार ६ सय ४५ पुगेको छ भने पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै ७ सय १८ मृतक थपिएसँगै हालसम्म ८० हजार २ सय ५१ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै नेपालको छिमेकी मुलुक भारतमा हालसम्म संक्रमितको संख्या ११ लाख ५४ हजार ९ सय १७ जना संक्रमित भएका छन् भने २८ हजार ९९ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घन्टामा भारतमा ५ सय ९६ जनाको मृत्यु भएको छ, जुन संख्या पछिल्लो २४ घन्टामा ब्राजिलपछिको दोस्रो धेरै संख्या हो ।

Comments

Top