अभिताभको स्वास्थ्य अवस्था स्थिर, अझै डाक्टरको निगरानीमै बस्नुपर्ने

ami

 

मुम्बई । विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित भएका बलिउडका महानायक अमिताभ बच्चनका परिवारको स्वास्थ्य स्थिर रहेको जनाइएको छ । अघिल्लो साता कोरोना पुष्टी भएसँगै अभिनेता अमिताभ बच्चन र नायक अभिषेक बच्चन मुम्बईस्थित नानावती अस्पतालमा भर्ना भएका थिए ।

भर्ना हुँदाको अवस्थामा श्वासप्रश्वासको समस्या देखिएका अमिताभको उपचारपछि स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ । त्यस्तै नायक अभिषेक बच्चनको भने सुरु देखि नै सामान्य अवस्थामा रहेको जनाइएको छ ।

त्यस्तै यही सातामात्र खोकी लागेपछि सोही अस्पतालमा भर्ना भएका अमिताभ बुहारी र नातीनी एवं नायिका ऐश्वर्या राय बच्चन र आरध्या बच्चनको पनि स्वास्थ्यमा सुधार आएको छ ।

पछिल्लो अपडेटअनुसार अमिताभ बच्चनको पनि स्वास्थ्यमा पूर्ण सुधार भईसकेको तर २÷३ अस्पतालमा नै डाक्टरको निगरानीमा बस्नुपर्ने जनाइएको छ । अस्पतालबाटै सामाजिक सञ्जालमा अपडेट भइरहने बच्चनले उनको स्वास्थ्य लाभको कामना शुभचिन्तकहरुमा धार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।

अभिताभले मंगलबार ट्वीट गर्दै अघिल्लो वर्ष वार्साका मेयरले आफूलाई एम्बास्डर अफ द सिटिका रुपमा मनोनित गरेको स्मरण गरेका छन् ।

Comments

Top