२४ घन्टामा कोरोनाः भारतमा ११ सय बढीको मृत्यु, ४५ हजार बढी संक्रमित

ind

काठमाडौं । भारतमा एकै दिन कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार माथि र संक्रमितको संख्या ४५ हजार माथि पुगेको छ ।

यससँगै भारतमा हालसम्म संक्रमित हुनेको संख्या १२ लाख ३९ हजार ६ सय ८४ र मृतकको संख्या २९ हजार ८ सय ९० पुगेको छ ।

पछिल्लो तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा भारतमा ४५ हजार ५ सय ९९ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार १ सय २० जनाको मृत्यु भएको छ ।

पछिल्लो दिनमा भारतमा कोरोना संक्रमितको संख्या अत्याधिक रुपमा बढ्दै गएको छ । भारत सरकारले कतिपय इलाकाहरुमा लकडाउन खुकुलो बनाएपछि झन् धेरै संक्रमितको संख्या बढ्दै गएको मानिएको छ ।

 

Comments

Top