काठमाडौंमा मात्र थप १० मा कोरोना संक्रमण

Corona_Test

 

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं जिल्लामा मात्र १० जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा नियमित गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएअनुसार काठमाडौंका १० जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार उपत्यकाको ललितपुर र भक्तपुरमा भने थप संक्रमित संख्या देखिएको छैन ।

गौतमका अनुसार पछिल्लो २४ घन्टामा १ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म देशभर संक्रमितको संख्या १८ हजार ३ सय ७४ जना पुगेका छन् भने हालसम्म १२ हजार ९ सय ४७ जना डिस्चार्ज भइसकेका छन् ।

Comments

Top