पछिल्लो २४ घन्टाः कोरोना संक्रमित संख्यामा भारतले ब्राजिललाई उछिन्यो

Bra_Ind

काठमाडौं । भारतमा पछिल्लो २४ घन्टामा ब्राजिलमा भन्दा धेरै नयाँ संक्रमित देखिएका छन् । पछिल्लो तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा भारतमा ४८ हजार ४ सय ७२ जना नयाँ संक्रमित थपिएका छन् भने ब्राजिलमा ४८ हजार २ सय ३४ जना संक्रमित थपिएका छन् ।

विश्वभर २ लाख ५८ हजार २ सय २८ नयाँ संक्रमित थपिँदै १ करोड ६१ लाख ८९ हजार ६ सय ४२ संक्रमित पुगेका छन् भने ५ हजार ७ सय १३ जनाको मृत्यु भएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ लाख ४७ हजार ५ सय ९८ पुगेको छ ।

विश्वमा सबैभन्दा धेरै संक्रमित र मृतकको सूचीको पहिलो र दोस्रो नम्बरमा अमेरिका र ब्राजिल यथास्थानमै छन् । हालसम्म अमेरिकामा संक्रमितको संख्या ४३ लाख १५ हजार ७ सय ९ पुगेको छ भने १ लाख ४९ हजार ३ सय ९८ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै ब्राजिलमा हालसम्म जम्मा २३ लाख ८६ हजार ४ सय ३४ जना संक्रमित पुगेका छन् भने ८६ हजार ४ सय ९६ जनाको मृत्यु भइसकेको छ । 

नेपालको छिमेकी मुलुक भारतमा हालसम्म १३ लाख ८५ हजार ४ सय ९४ जना संक्रमित र ३२ हजार ९६ जनाले ज्यान गुमाइसकेका छन् ।

Comments

Top