सामाजिक सञ्जालमा अमिताभः ब्लगमार्फत अस्पताल बसाईको अनुभव सार्वजनिक

Ami_11

मुम्बई । कोरोनाभाइरसको संक्रमण भएपछि आफ्नो छोरासहित मुमबईस्थित नानावती अस्पताल भर्ना भएका बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।

अमिताभ पुत्र अभिषेकसहित १५ दिनअघि मुम्बईको नानावती अस्पताल भर्ना भएका थिए। अस्पतालमा बसाइका क्रममा सामाजिक सञ्जालमार्फत् आम दर्शक एवं प्mयानलाई अपडेट गराइरहेका बच्चनले शनिबार साँझ आप्mनो ब्लगमार्फत आप्mनो अस्पताल बसाईक्रमको अनुभव सार्वजनिक गरेका छन्।

अस्पताल, डाक्टर र नर्स एवं आफ्ना फ्यानहरुका कारण आफू छिटै सन्चो हुने विश्वास लिएका बच्चनले अस्पताल बसाईका क्रममा आफ्नो मनमा लागेको कुरा ब्लगमार्फत सार्वजनिक गरेका छन् ।

शनिबारमात्रै दोस्रो ब्लक सार्वजनिक गरेका बच्चनले भोगाईलाई वर्णन गरेका छन् । शनिबार नै उनले लेखेको पहिलो ब्लगमा अघिल्लो दिनको साउने शुक्रबार र नागपञ्चमीलाई समेटेका थिए ।

उनले लेखका दोस्रो ब्लगमा भने कोभिड–१९ संक्रमितले अस्पताल भर्ना भइसकेपछि केही हप्ताका लागि अर्को मानिस देख्न नपाउने बताए ।

भाइरसको संक्रमणपछि तपाईको उपचार तथा हेरचाह गर्ने डाक्टर तपाईको नजिक आउँदैन। डाक्टरले भिडियो च्याटका माध्यमबाट कुरा गर्छन्। उपचारका लागि खटिएका डाक्टर र नर्सहरुपनि औषधीसहित पीपीई लगाएरमात्र आउँछन् । उनीहरुको उपस्थिति तपाईलाई रोबोटिक जस्तो लाग्छ । सेतो लुगाले छोपिएका उनीहरु को हुन् कुरा चिनिँदैन ।

मानिसलाई टाढाबाटै उपचार गर्ने गरिन्छ । बिरामीले लामो समयसम्म अन्य मानिससँग भेट्न, बोल्न नपाउँदा उसले कस्तो किसिमको मानसिक असर पर्छ होला ? मानिस एक्लोपनको सिकार हुनसक्छ ।’ बच्चनले ब्लगमा समेटेका छन् ।

कोरोना संक्रमित भएपछि अहिले सोही अस्पतालमा बच्चन पुत्र अभिषेक, बुहारी बुहारी ऐश्वर्या र नातिनी आराध्या उपचार गराइरहेका छन् ।

AA-Blog

Comments

Top