पूर्वका प्रहरीमा फैलियो कोरोना, विराटनगरमा थप १९ प्रहरी संक्रमित

Corona_Test

 

विराटनगर । नेपालमा पछिल्ला दिनमा सुरक्षाकर्मीमा कोरोना संक्रमण ह्वात्तै बढेको पाइएको छ ।

प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरमा कार्यरत १९ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । यसअघि सिमा सुरक्षामा खटिएका १८ जना सुरक्षाकर्मीलाई पोजेटिभ देखिएको थियो ।

प्रदेश कार्यालयमा यसअघि ५ जनामा कोरोना पुष्टी भएपछि सबै प्रहरीको परिक्षण गरिएको थियो ।

त्यही परिक्षणको रिपोर्ट आउने क्रममा यी १९ जनामा संक्रमण पुष्टी भएको जनाइएको छ भने अझै केही प्रहरी अधिकारीहरुको रिपोर्ट आउन बाँकी रहेको पनि जनाइएको छ ।

त्यसैगरी आजै नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालको सवारी शाखामा कार्यरत ४ जना प्रहरीमा पनि कोरोना पुष्टी भएको थियो ।

Comments

Top