अमिताभ भन्छन्, ‘बुबा ! अस्पतालको शून्यरातमा तपाईंको सम्झना धेरै आउँछ’

AM_1

 

मुम्बई । भारतीय अभिनेता अमिताभ बच्चनले आफूलाई अस्पतालका एकान्त रातहरुमा बाबुको धेरै सम्झना आएको बताएका छन् । उनले अस्पतालमा बाबु हरिवंश राय बच्चनको कविता पढेर सुन्य रातहरु बिताएको जनाएका छन् ।

विगत २ सातादेखि कोरोना संक्रमणका कारण मुम्बईस्थित नानावती अस्पतालमा उपचार गराइरहेका बलिउड महानायक अमिताभ बच्चनले आफ्ना पिता हरिवंश राय बच्चनको कविता सुनेर रात बिताएको बताएका छन् ।

am

अस्पतालको बसाईसँगै सामाजिक सञ्जालमा अपडेट रहेका अमिताभले आइतबार साँझ इन्स्टाग्राममा ४ मिनेटको भिडियो सार्वजनिक गर्दै बच्चनले आफ्ना बाबुले लेखेको कविता पढेर सुनाएका छन् ।

यसअघि बच्चनले आफ्नो ब्लगमार्फत् आफूले अस्पतालमा भोगेका अनुभवलाई सार्वजनिक गरेका थिए । पछिल्ला दिनमा सामाजिक सञ्जालमा अपडेट रहेका बच्चन परिवारका चारजना कोरोना संक्रमित भई नानावती अस्पताल भर्ना भएका छन् ।

अमिताभसहित, नायक एवं छोरा अभिषेक बच्चन, नायिका एवं बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आरध्या बच्चनलाई कोरोना संक्रमण देखिएपछि उनीहरु सबै अस्पताल भर्ना भएका छन् ।

Comments

Top