पछिल्लो २४ घन्टाः भारत मृतक संख्यामा अमेरिका र ब्राजिलभन्दा अगाडि

U_B_I

काठमाडौं । भारतमा पछिल्लो २४ घन्टामा कोरोनाका कारण अमेरिका र ब्राजिलमा भन्दा धेरै जनाको मृत्यु भएको छ । पछिल्लो तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा भारतमा ७ सय १४ जनाको मृत्युभएको छ भने अमेरिकामा ४ सय २८ र ब्राजिलमा ५ सय ५६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा ४ हजार ५० जनाले ज्यान गुमाएको कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या ६ लाख ५१ हजार ६ सय ३४ पुगेको छ । अमेरिकामा मात्र मृत्यु हुनेको संख्या १ लाख ४९ हजार ८ सय २६ जना पुगेका छन् भने ब्राजिलमा ८७ हजार ५२ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै भारतमा हालसम्म ३२ हजार ८ सय १० जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै मृतक मेक्सिकोमा रहेको छ । मेक्सिकोमा ७ सय २९ जनाको मृत्यु भएसँगै हालसम्म ४३ हजार ३ सय ७४ जनाको मृत्यु भइसकेको छ ।

हालसम्म विश्वभर संक्रमितको संख्या १ करोड ६४ लाख १ हजार १ सय ६६ पुगेको छ । तीमध्ये सबैभन्दा धेरै अमेरिकामा ४३ लाख ७० हजार ५ सय २२, ब्राजिलमा २४ लाख १९ हजार ९ सय १ र भारतमा १४ लाख ३६ हजार १९ जना पुगेका छन् । यी तीन मुलुक विश्वका सर्वाधिक संक्रमित हुनेको सूचीमा क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

Comments

Top