नेपालमा कोरोना कारण थप ३ जनाको मृत्यु, नेपालमा मृतक संख्या ४८ पुग्यो

Died_Corona1

 

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार वीरगञ्ज ६५ वर्षीय भारतीय पुरूष, धनुषाका ३६ वर्षीय पुरूष र बारा फेटाका ६० वर्षीय एक पुरूषको टिचिङ अस्पताल  काठमाडाैंमा मृत्यु भएको हो ।

त्यस्तै गरी नेपालमा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै अहिलेसम्म देशभर संक्रमित हुनेको जम्मा संख्या १८ हजार ७ सय ५२ जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा ६२६ जना डिस्चार्ज भएसँगै हालसम्म १३ हजार ७ सय ५४ जना डिस्चार्ज भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित