छिमेकीको नियतिः भारतमा संक्रमित संख्या १५ लाख नाघ्यो, एकैदिन ४९ हजार भन्दा बढी थपिए

ind

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या १५ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार भारतमा ४९ हजार ६ सय ३२ जना नयाँ संक्रमित थपिएसँगै हालसम्म संक्रमितको संख्या १५ लाख ३२ हजार १ सय ३५ पुगेको छ ।

विश्वकै तेस्रो धेरै संक्रमितको सूचीमा रहेको भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाएको संख्या ३४ हजार २ सय २४ पुगेको छ । पछिल्लो २४ घन्टामा ७ सय ७६ जनाको मृत्यु भएसँगै भारतमा ज्यान गुमाउनेको संख्या त्यति पुगेको हो ।

पछिल्लो २४ घन्टामा संक्रमितको सूचीमा अमेरिकापछि भारतमा सबैभन्दा बढी थपिएका हुन् । हालसम्म भारतमा ९ लाख ८८ हजार ७ सय ७० जना कोरोना मुक्त भइसकेका छन् ।

Comments

Top