डिस्चार्ज हुनुअघि बच्चन नातिनीद्वारा अमिताभसँग भेट, भनिन्– 'रोना मत'

aaradhya

 

मुम्बई । कोरोना संक्रमण पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका बलिउड नायिका ऐश्वर्या राय र उनकी छोरी आरध्या सोमबार डिस्चार्ज भएका छन् । अस्पतालबाट डिस्चार्ज हुनुअघि आरध्याले कोरोना संक्रमित हजुबुबा एवं बलिउड महानायक अमिताभ बच्चनलाई भेटेको जनाइएको छ ।

कोरोना नेगेटिभको रिपोर्ट देखिएपछि अस्पतालबाट डिस्चार्ज हुनुअघि आराध्याले हजुरबुबा अमिताभसँग भेट गरेको अमिताभ स्वंयले जनाएका छन् ।

बच्चनले बुहारी र नातिनी कोरोनामुक्त भएपछि आप्mनो हर्षको आँशु खसेको बताएका छन् । त्यसक्रममा नातिनीले आफूलाई ‘रोना मत’ भनेको पनि ब्लगमार्फत् जनाएका छन् ।

बच्चन परिवारका चार सदस्यमा कोरोना संक्रमण देखिएपछि नानावती अस्पतालमा भर्ना भएका छन् ।

त्यसक्रममा ऐश्वर्या र आराध्या डिस्चार्ज भइसकेका छन् भने अमिताभ बच्चन र अभिषेक बच्चन भने उपचारका क्रममा अस्पतालमै रहेका छन् । उनीहरुको स्वास्थ्य स्थिति सामान्य रहेको पनि अस्पतालले जनाएको छ ।

Comments

Top