भारतमा संक्रमित र मृतकमा रेकर्ड, हालसम्म ३५ हजार बढीको मृत्यु

ind

 

काठमाडौं । भारतमा एकै दिन हालसम्मकै सर्वाधिक संख्यामा संक्रमित थपिएका छन् । पछिल्लो तथ्यांकअनुसार गत २४ घन्टामा भारतमा ५२ हजार २ सय ४९ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै मृतक संख्यामा पनि रेकर्ड नै कायम भएको । भारतमा पछिल्लो २४ घन्टामा ७ सय ७९ जनाको मृत्यु भएको छ ।

भारतमा हालसम्म १५ लाख ८४ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ भने ३५ हजार ३ जनाको मृत्यु भइसकेको छ ।

हालसम्म भारतका १० लाख २१ हजार ६ सय ११ जना उपचार पछि निको भइसकेको तथ्यांक पनि सार्वजनिक भएको छ ।

 

Comments

Top