वीरगञ्जका मेयर सरावगीलाई कोरोना संक्रमण (सरावगीको भनाइसहित)

Capture

 

वीरगञ्ज । पछिल्ला दिनमा कोरोना संक्रमणको हटस्पट बनेको वीरगञ्ज महानगरपालिका मेयरलाई पनि कोरोना लागेको छ ।

वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाई कोरोना पुष्टी भएको स्वयं सरावगीले दिएको जनाइएको छ ।

उक्त कुरा भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेणु दाहालले आफ्नो फेसबुकमार्फत शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् ।

पछिल्लो दिनमा वीरगञ्जमा अत्याधिक मात्रामा कोरोना संक्रमितका बिरामीहरु देखिएका छन् । पछिल्लो २४ घन्टामा मात्र वीरगञ्मा २ जनाको मृत्यु भएको थियो भने ४० भन्दा बढीमा संक्रमण देखिएको थियो ।

त्यस्तै सरावगीले स्वयंले पनि कोरोना पुष्टी भएको सामाजिक सञ्जालमार्फत सावर्जनिक गरेका छन् । उनले फेसबुकमा यसरी लेखेका छन् ।

आदरणीय दाजु भाई तथा दिदी बहिनीहरु ।
विगत पाँच महिना देखि कोरोना भाइरसको संक्रमणबाट वीरगंजवासीलाई वचाउन मैले हर संभव प्रयासहरु गरे । संघीय र प्रदेश सरकारको दायित्व अन्तरगत रहेको क्वारेन्टिन, आइसोलेशन सेन्टर, कोभिड अस्पतालको व्यवस्थापन र संचालनको जिम्मेवारी ती निकायहरुले नलिएपछि मैले नै लिएर नागरिकको जिवन रक्षाको लागि अथक प्रयत्न गरे । वीरगंजलाई वचाउन पिसिआर मेशिन, परिक्षणकालागि आवश्यक पर्ने किटहरुको समेत व्यवस्थापन गरे । क्वारेन्टिन, आइसोलेशन र कोभिड अस्पतालमा रहेका संक्रमितहरु सहित अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र सफाईकर्मीको खाना र वस्नेको व्यवस्था मिलाए । वीरगंजलाई ग्रिन जोन वनाउने उदेश्यका साथ एकघर एक परिक्षणको अभियान संचालन गर्ने भनिएता पनि त्यसको कार्यान्वयन समयमा हुन नसक्दा वीरगंजमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको रहेछ । तपाईहरुको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वंयम कोरोनाको संक्रमणको चपेटामा परेको छु । म अहिले उपचारार्थ छु, मेराे स्वास्थ्य अवस्था सामान्य छ । मैले छिट्टै नै काेराेनालाई जित्ने छु ।
पछिल्लो पटक कोरोना संक्रमणबाट वीरगंज आक्रान्त वनेको छ, वीरगंजलाई वचाउन अग्रमोर्चामा रहनु हुने स्वास्थ्कर्मी, महानगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, नागरिक समाज, संचारकर्मी, विभिन्न राजनीतिक दल, स्थानीय प्रशासन र सुरक्षाकर्मीको प्रयासलाई धन्यवाद दिन चाहन्छु । अव स्थानीय स्तरबाट मात्र कोरोना नियन्त्रण गर्ने अवस्था देखिदैन तसर्थ वीरगंजवासी दाजुभाई दिदी वहिनीको जिवन रक्षाको लागि संघीय र प्रदेश सरकारले तत्काल ठोस योजनाका साथ अधि बढन आग्रह गर्दछु । साथै कोरोना संक्रमणको यो घडिमा आफूलाई संयमित राख्न र नेपाल सरकारले तोकेको मापदण्ड पालना गर्न सम्पूर्ण महानगरवासी दाजु भाई दिदी वहिनीमा अपिल गर्दछु कोभिड १९ का विरुद्ध महानगरपालिकाले लिएका नीति प्रति साथ सहयोग दिनुहुने सम्पूर्ण महानुभाव प्रति हार्दिक नमन । मैले कोरोना संक्रमणको लडाई जितेर पुन तपाईको सेवामा आउने प्रतिवद्धता जाहेर गर्दछु ।
 
 
 

प्रतिक्रिया

सम्बन्धित