प्रहरी हेडक्वाटरका थप १८ जनामा कोरोना संक्रमण

Nepal-Police-Headquarters
काठमाडौं ।
प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरी कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित भएका छन् । योसँगै प्रहरी हेडक्वाटरमा कोरोना संक्रमितको संख्या ७२ पुगेको हो । आज शुक्रवार थप १८ जना प्रहरीमा कोरोना संक्रमण भएको पुष्टि हो ।

प्रहरीका अनुसार संक्रमित हुने धेरैजसो सवारी चालक, सञ्चार शाखामा काम गर्ने प्रहरी र मेकानिक रहेका छन् । संक्रमित सबैलाई सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

शुरुमा संक्रमित ४ जनाको कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाब संकलन गरिएकामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि थप प्रहरीको पनि स्वाब परीक्षण गरिएको थियो ।

योसँगै नेपालभर हालसम्म २ सय ५० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Comments

Top