कोरोना भाइरसका कारण पाटन अस्पतालमा उपचाररत थप एकको मृत्यु

Died_Corona1
ललितपुर ।
कोरोना भाइरसका कारण नेपालमा थप एकको मृत्यु भएको छ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।

निमोनियाको समस्या देखिएकी ललितपुर थसिखेल बस्ने महिलाको पाटन अस्पतालमा आईसीयूमा उपचारका क्रममा शुक्रबार बिहान ९ : १५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा.खगेश्वर गेलाले बताए । उनी हालसालै वीरगञ्जबाट आएकी थिइन् ।

पछिल्लो समयमा लकडाउन खुलेपछि पछिल्ला दिनमा नेपालमा करिब प्रत्येक दिन मृत्यु हुनेको संख्या बढेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ।

Comments

Top