काठमाडौं । काठमाडौंमा थप ३० जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयद्वारा दिइएको जानकारीअनुसार काठमाडौं जिल्लामा थप ३० जनामा कोरोना संक्रमण भएको जनाइएको छ । त्यसैगरी ललितपुरमा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ ।
यससँगै पछिल्लो तथ्यांकअनुसार थप ३५ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घन्टामा नेपालभर २२४ जना नयाँ संक्रमित थपिएको पनि डा. गौतमले जनाए । यससँगै नेपालमा हालसम्म १९ हजार ७ सय ७१ जना कोरोना संक्रमित भएको जनाइएको छ । हालसम्म नेपालमा ५६ जनाको कोरोनाका कारण मृत्यु भएको जनाइएको छ ।
Comments