मिस नेपाल २०१७ को उपाधि निकिता चन्दकलाई ,नीति शाह मिस नेपाल इन्टरनेशनल

काठमाडौं। मिस नेपाल २०१७ को उपाधि निकिता चन्दकले जितेकी छन् । १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै आज साँझ निकिताले मिस नेपालको ताज पहिरिएकी हुन् । होटल अन्नपूर्णमा भएको मिस नेपाल २०१७  प्रतिस्पर्धामा मिस नेपाल अर्थ रोजिना श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल निति शाह र मिस एशिया प्यासिफिक इन्टरनेशनल सहारा बस्नेतले जितेका छन् ।  मिस कन्फिडेन्ट र पुपुलर चोइसको अवार्ड समेत निकिता चन्दकले नै जितेकी छिन्। मिस एथलेट मञ्जरी सिंह, मिस बेस्ट कप्लेक्सन नीति शाह र मिस ब्‍यूटी विथ पर्पस दृष्टि कट्टवाल  भएका छन्।दी हिडेन ट्रेजरको आयोजनामा भएको २२ औं मिस नेपाल विजेता चन्दकले आगामी मिस वर्ल्डमा सहभागी हुने अवसर पाउनेछिन्।

Comments

Top