भारतमा संक्रमित संख्या १७ लाख नजिक, ३६ हजार भन्दा बढीको मृत्यु

ind

 

काठमाडौं । भारतमा एकै दिन थप ५७ हजार भन्दा बढीमा कोरोना संक्रमण देखिएसँगै हालसम्म संक्रमित हुनेको संख्या करिब १७ लाख पुगेको छ । पछिल्लो २४ घन्टामा मात्र भारतमा ५७ हजार ७ सय ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ९७ हजार ५४ जना पुगेको छ । भारतमा पछिल्ला दिनमा अत्याधिक रुपमा संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २ दिनमा मात्र भारतमा १ लाख १० हजार भन्दा बढीमा संक्रमित देखिएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा ७ सय ६५ जनाको मृत्यु भएसँगै भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३६ हजार ५ सय ५१ पुगेको छ । भारतमा हालसम्म १० लाख ९५ हजार ६ सय ४७ जना कोरोनामुक्त भइ घर फर्किसकेका छन् ।

Comments

Top