नारायणी वयोधा अस्पतालमा थप २ जना संक्रमितको मृत्यु

Died_Corona1

वीरगञ्ज । वीरगञ्जमा शनिबारमात्र कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । यससँगै पछिल्लो १० दिनमा वीरगञ्जमा मात्र कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

वीरगञ्ज–१६ नगवा बस्ने ६० बर्षीया महिलाको शनिबार साँझ ६ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । नारायणी बयोधा अस्पतालको आइसोलेसनमा उपचाररत उनलाई साउन १६ गते शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै सोही अस्पतालमा मृत्यु भएकी वीरगञ्ज–१६ नगवाकी ५० वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

उनलाई १४ गते भर्ना गरिएकोमा शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो । तर रिपोर्ट नआउँदै बिहान मृत्यु भएको थियो ।

Comments

Top