लिपुलेक क्षेत्रमा चिनिया सेना, भारतले बढायो हतियारसहितका सैनिक संख्या

cpla

 

काठमाडौँ । चीनले लिपुलेक नजिकको आफ्नो क्षेत्रमा एक बटालियन सेना तैनाथ गरेको छ । चीनले सेना तैनाथ गरेको समाचार प्रकाशित भए पछि भारतले पनि हतियारसहित आप्mना सेनाहरुको संख्या बढाएको उल्लेख गरिएको छ ।

नेपाल र भारतबीच लिपुलेक कालापानी लगाएतको विषयमा सिमा बिवाद चर्किदैँ गईरहँदा चीनले उक्त क्षेत्रमा आफ्नो सेना तैनाथ गरेको जनाइएको छ ।

भारतीय संचारमाध्यम हिन्दुस्थान टाइम्सका अनुसार चिनीयाँ सेनाको उपस्थितीलाई मध्यनजर गदै सो क्षेत्रमा भारतले थप सैनिक परिचालन गरेको जनाएको छ । भारतीय सैनिक अधिकारीलार्इ उद्धृत गर्दै हिन्दुस्थान टाईम्सले चिनीयाँ सेनाको विश्वास नहुने भएकाले आफुहरुले थप हतियारसहित सेनाको संख्या बढाएको बताएको छ ।


नेपालले केहि समय अघि मात्रै लिपुलेक, लिम्पीयाधुरा र कालापानी क्षेत्रलाई समेटेर राजनितिक तथा प्रशासनिक नक्सा जारी गरी सकेको छ भने छाङरुमा सशस्त्र प्रहरी बलको वीओपी स्थापना गरेको छ ।

 

Comments

Top