गण्डकीमा थप २० मा कोरोना पुष्टी

Gandaki

पोखरा । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य निर्देशनालय पोखराद्वारा दिइएको जानकारीअनुसार स्याङ्जाका ८ जना कास्कीका ६ जना, लमजुङका ३, तनहुँका २ जना र बाग्लुङका १ जना गरी थप २० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यससँगै गण्डकी प्रदेशमा हालसम्म संक्रमितको संख्या १ हजार ५ सय ५ पुगेको छ भने १ हजार २ सय ४५ उपचारपछि निको भइसकेका छन् ।

Comments

Top