नेपालमा आज थप २४६ जनामा संक्रमण पुष्टि

Corona_Update

  काठमाडौं । पछिल्लो २४ घण्टामा २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ ।

नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रपक्ता प्रा। डा। जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभरका प्रयोगशालामा ८ हजार ८६१ नमुना परीक्षण गर्दा २४५ जनामा संक्रमण पुष्टि भएको छ ।


पछिल्लो २४ घण्टामा थप १११ जना कोरोना संक्रमण मुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ पुगेको मन्त्रालयले जनाएको छ ।

Comments

Top