काठमाडौंमा २२ सहित उपत्यकामा थप ३१ संक्रमित थपिए

Corona_Test

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३१ नयाँ कोरोना संक्रमित देखिएका छन् ।

स्वास्थ्य मन्त्रालयद्वारा दिइएको जानकारीअनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना गरी उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयद्वारा नियमित गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा देशभर २ सय ४६ जना संक्रमित थपिएको र १ जनाको मृत्यु भएको बताए ।

Comments

Top