अन्ततः अमिताभले जिते हार्यो कोरोना, बलिउड अभिनेता बच्चन कोरोनामुक्त भएसँगै अस्पतालबाट डिस्चार्ज

Ami_2

मुम्बइ । बलिउड अभिनेता अमिताभ बच्चन कोरोना संक्रमण मुक्त भएका छन् । बिहान गरिएको परिक्षणमा नेगेटिभ देखिए पछि उनी अस्पतालबाट डिस्चार्ज भएको जानकारी उनले ट्वीटरमार्फत जनाएका छन् । यससँगै अन्ततः अमिताभले लामो समयको अस्पताल बसाइबाट मुक्ति पाएका छन् ।

छोरा अभिषेकले ट्वीटरमार्फत पिताले कोरोनालाई जितेको जानकारी दिएका छन्। उनले चिकित्सक, फ्यानलगायत सबैलाई धन्यवाद दिँदै अमिताभ अब घरमै आराम गर्ने उल्लेख गरेका छन्।

लगत्तै अमिताभले पनि ट्वीट गरेर कोरोना नेगेटिभ आएको जानकारी दिएका छन्। भगवानको कृपा र आमाबुवाको आशीर्वादले आजको दिन देख्न पाएको भन्दै अमिताभले नानावटी अस्पतालका कर्मचारीको प्रशंसा गरेका छन्। साथै दर्शकलाई धन्यवाद दिएका छन्।

अमिताभलाई दुई साताअघि कोरोना संक्रमण देखिएको थियो। उनीसँगै उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या, नातिनी आराध्यालाई पनि संक्रमण देखिएको थियो। उनीहरु यसअघि नै संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन्।

उनी डिस्चार्ज भएपछि बुहारी ऐश्वर्याले पनि  वेलकम होम भन्दै ट्वीट गरेकी छिन् ।

at

 

 

Comments

Top