२४ घन्टामा कोरोनाः विश्वमै सबैभन्दा धेरै संक्रमित भारतमा, अमेरिका र ब्राजिलमा भन्दा धेरै भारतमा मृत्यु

ind

काठमाडौं । भारतमा गत २४ घन्टामा विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । पछिल्लो तथ्यांकअनुसार भारतमा ५८ हजार ७ सय ८३ नयाँ संक्रमित थपिएका छन्, जुन संख्या पछिल्लो २४ घन्टामा विश्वमा थपिएका एउटा देशमा थपिएका सबैभन्दा धेरै जनसंख्या हो । 

यससँगै भारतमा संक्रमितको संख्या १८ लाख नाघेको छ । पछिल्लो दिनमा भारतमा एक्कासी संक्रमितको संख्या बढेको छ । ५८ हजार ७ सय ८३ संक्रमित थपिएसँगै भारतमा हालसम्म १८ लाख ४ हजार ७ सय २ संक्रमित पुगेका छन् ।

त्यस्तै भारतमा पछिल्लो २४ घन्टामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या अमेरिका र ब्राजिलमा भन्दा धेरै पुगेको छ । भारतमा ७ सय ५८ जनाको मृत्यु भएसँगै हालसम्म ३८ हजार १ सय ६१ को मृत्यु भइसकेको छ ।

Comments

Top