विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ लाख नजिक, १ करोड ८४ लाख संक्रमित

world-corona

काठमाडौं । विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या करिब ७ लाख पुगेको छ । त्यस्तै संक्रमितको संख्या १ करोड ८४ लाख ३४ हजार ८ सय ४२ पुगेको छ ।

पछिल्ला दिनमा संक्रमितको संख्या अत्याधिक रुपमा बढ्दै गएको छ । हालसम्म विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या करिब ६ सय ९६ हजार ८ सय १७ जनाको मृत्यु भएको छ ।

विश्वमा हालसम्म सबैभन्दा धेरै संक्रमित र मृतक अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ४८ लाख ६२ हजार १ सय ३३ जना संक्रमित भएका छन् भने १ लाख ५८ हजार ९ सय २९ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा हालसम्म २७ लाख ५१ हजार ६ सय ६५ जना संक्रमित छन् भने ९४ हजार ७ सय २ जनाको मृत्यु भएको छ ।

त्यस्तै नेपालको छिमेकी मुलुक भारतमा गत २४ घन्टामा ५० हजार ६ सय २९ जना नयाँ संक्रमित थपिएका छन् भने ८ सय १० जनाको मृत्यु भएको छ ।

यससँगै भारतमा संक्रमितको संख्या १८ लाख ५५ हजार ३ सय ३१ जना पुगेका छन् भने ज्यान गुमाउनेको संख्या ३८ हजार ९ सय ७१ पुगेका छन् । भारतमा हालसम्म १२ लाख ३० हजार ४ सय ४० जना उपचारपछि निको भएका छन् ।

Comments

Top