मदन पुरस्कारका लागि ७ पुस्तक छनौट

madan_1

ललितपुर । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार-२०७६’ का लागि निम्न सात पुस्तकहरू छनौट गरेको छ। मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा हस्ताक्षरित एक प्रेस विज्ञप्तिका अनुसार १ सय ५१ पुस्तकबाट ७ पुस्तकहरु छनौट गरिएको थियो ।

विज्ञप्तिमा यस प्रयोजन निम्ति गुठीलाई २०७६ मा प्रकाशित कूल १५१ पुस्तकहरू प्राप्त भएको जनाइएको छ । प्राप्त पुस्तकहरू मध्येबाट बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले सात पुस्तकहरूको सूची गुठीलाई उपलब्ध गराएको हो। छनौटमा परेका यी पुस्तकहरू मध्ये एउटा पुस्तकलाई वर्ष २०७६ को मदन पुरस्कार प्रदान गरिने गुठीले जनाएको छ ।

टप ७ मा परेका पुस्तकहरुमा विमल निभाले लेखेको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु ९खण्ड १ – ३०, चन्द्रप्रकाश बानियाँको महारानी, ललित बिष्टको मोहपथ र शारदा शर्माको यात्रामा रहेका छन् ।

madan

Comments

Top