एशियामा कोरोनाः ४६ लाख ८५ हजार संक्रमित, १ लाख ३ हजारभन्दा बढीको मृत्यु

Asia

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसका कारण एसिया महादेशमा मात्र ४६ लाख ८५ हजार ८ सय ५२ जनामा संक्रमित भएका छन् । पछिल्लो तथ्यांकअनुसार विश्वकै तेस्रो स्थानमा रहेको भारत नै एसियाको सबैभन्दा धेरै संक्रमित र मृतक हुने सूचीमा पहिलो स्थानमा रहेको छ ।

हालसम्म भारतमा १९ लाख ६३ हजार २ सय ३९ संक्रमित देखिएका छन् भने ४० हजार ७ सय ३९ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घन्टामा भारतमा ९ सय १९ जनाले ज्यान गुमाएका छन् ।

भारत पछि एसियामा इरानमा संक्रमित देखिएका छन् । इरानमा हालसम्म ३ लाख १७ हजार ४ सय ८३ संक्रमित छन् भने १७ हजार ८ सय २ जनाले ज्यान गुमाइसकेका छन् । त्यसपछि साउदी अरेबियामा २ लाख ८२ हजार ८ सय २४ जना संक्रमित देखिएका छन् भने ३ हजार २ जनाको मृत्यु भइसकेको छ ।

नेपालको अर्को छिमेकी देश पाकिस्तान र बंगलादेश भने क्रमशः चौथो र पाँचौं स्थानमा रहेका छन् । पाकिस्तानमा हालसम्म २ लाख ८१ हजार १ सय ३६ संक्रमित देखिएकोमा ६ हजार १४ जनाले ज्यान गुमाइसकेका छन् भने बंगलादेशमा २ लाख ४६ हजार ६ सय ७४ संक्रमित र ३ हजार २ सय ६७ जनाले ज्यान गुमाइसकेका छन् ।

एसियाका टर्की, इराक, इन्डोनेसिया, फिलिपिन्स, कतारमा एक लाख भन्दा धेरै संक्रमित देखिएका छन् । ती देशहरु क्रमशः छैटौं, सातौं, आठौं, नवौं र दशौं स्थानमा रहेका छन् । त्यस्तै कजाखस्तान र चीन भने क्रमशः एघारौं र बाहौं स्थानमा रहेका छन् ।

कोरोना भाइरसको उदगमस्थल मानिएको चीनमा हालसम्म ८४ हजार ४ सय ९१ जना संक्रमित देखिएका छन् भने ४ हजार ६ सय ३४ जनाले ज्यान गुमाइसकेका छन् ।

Comments

Top