काठमाडौंका ८८ सहित उपत्यकामा १ सय २ जना नयाँ संक्रमित थपिए

Corona_Test

काठमाडौं । गत २४ घन्टामा काठमाडौं उपत्यकामा १०२ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयद्वारा नियमित गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

गौतमका अनुसार गत २४ घन्टामा काठमाडौंमा ८८ ललितपुरमा १० र भक्तपुरमा ४ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा नेपालमा ४६४ जना संक्रमित थपिए भने हालसम्म जम्मा संक्रमित संख्या २२ हजार २ सय १४ पुगेको छ । 

प्रतिक्रिया

सम्बन्धित