लोकगायक प्रेमराजा महत दम्पतीलाई कोरोना संक्रमण

prem

 

वाशिंग्टन डिसी । बरिष्ठ लोकगायक एवं मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपालका महावाणिज्यदूत प्रेमराजा महतले आफूलाई कोरोना लागेको बताएका छन् । फेसबुकमार्फत् उनले आफू र आफ्नी श्रीमतीलाई कोरोना संक्रमण भएको बताएका छन् ।

उनले आफूहरुले कोरोनाबाट बच्नका लागि ख्याल गर्दा गर्दै पनि सफल नभएको भन्दै अहिले घरमा नै आईसोलेसनमा बसेको बताएका छन् ।

उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्,

समुदाय का सम्पुर्ण दिदीबैनी दाजुभाई तथा ईष्टमित्रहरू मा हार्दिक अपिल ।यदि हामिले समयमै सतर्कता अपनाएनौ भने बिश्वमहामारी कोरोना ले हमि कसैलाई पनि अछुतो बनाऊने वाला छैन । ध्यान राख्दा राख्दै दुर्भाग्यबस हाम्रो श्रीमान श्रीमति पनि यसबाट बंच्न सकेनौ ।हामि अहिले आफ्नै घरको एक एक कोठा मा आईसोलेसन मा छोरा डा। सरगम महत को निरिक्षण र निगरानी मा बसेकाछौं।
यदि हाम्रो परिवार बाहेक यस्तो समस्या कसैमा देखिएको छ भने कृपया कत्तिपनि शर्मनमानिकन यो रोग लाई गोप्य नराखी समुदायलाई सु(सुचित हुने मौका दिनु हुनेछ भन्ने पुर्ण बिश्वास का साथ हजुरहरू मा हार्दिक अनुरोध गर्दछु।ईमान्दारिता ले गर्दा देश,समुदाय , स्वास्थ्यकर्मि र बिश्वस्वास्थ्य संगठन प्रति नै सहयोग पुग्नजानेछ।जय पशुपतिनाथ।

Comments

Top